अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनको निर्वाचन तालिका अनुसारको चुनावी आमसभा तथा घरदैलो कार्यक्रम समापन भएको छ।

जिल्लाका सबै स्थानीय तहमा तोकिएको आमसभाको कार्यतालिका अनुसार बिहिबार सदरमुकाम बेनीबजारको बिरेन्द्रचोक र बेनपा ४ सिंगा तातोपानीमा चुनावी सभा गदै निर्वाचन तालिका अनुसारको कार्यक्रम समापन गरेको प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार एवम् जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो । उहाँले चुनावी अभियान अन्तरगतका विभिन्न कार्यक्रमहरुमा माहोल रहेको बतउानुभयो ।

चुनावी आमसभामा सम्बोधन गदै प्रतिनिधिसभाका उम्मेदवार ओमराज मगरले आफ्नो अस्तित्व स्थापित गर्न सबै एकजुट भएर मंगोलको अभियानमा सहभागी हुन र वर्णभेदी नितिलाई सच्चाउन समेत मतदान गर्न मतदातालाई अपिल गर्नुभएको थियो भने प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार दिपक पुन र समानुपातिक उम्मेदवार रन बहादुर फगामीले यसपटक मंगोललाई अवसर दिन अपिल गर्नुभयो । चुनावी आमसभा सम्पन्न भएपछि अव घरदैलो सहित अन्य सामान्य कार्यक्रहरु भने जारी रहने बताइएको छ ।

Leave a Reply