हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रका हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको स्थापनाका लागि मतदान गर्न मतदातालाई अपिल गदैं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले चुनावी अभियान सम्पन्न गरेको छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको चुनावी कार्यतालिका अन्तरगत जिल्लाको विभिन्न स्थानमा आयोजित आमसभा तथा घरदैलो कार्यक्रम समापन गरेको राप्रपाले जनाएको छ। प्रतिनिधिसभाका उम्मेदवार जगतप्रसाद गौचनले देशीविदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दीले ‘राष्ट्रियता जोखिममा परेकाले राप्रपालाई भोट दिएर देशको रक्षा गर्नुपर्ने माहोल रहेको बताउनुभयो ।

उहाँले विभिन्न सम्झौतामार्फत नेपालमा विदेशीको चलखेल र प्रवेश भइसकेको बताउँदै अबको निर्वाचनमा राप्रपा बाहेकका अन्य दलहरु विदेशीलाई खुसी बनाउने एजेण्डामा मात्रै केन्द्रित रहेको बताउनुभयो ।

राप्रपाले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी आमसभाको आयोजना गरेको थियो भने बेनीबजार सहित आफ्नो प्रभावित क्षेत्रमा घरदैलो, अन्तरक्रिया तथा सदरमुकाम बेनीमा आमसभाको आयोजना गरेको थियो । बिहिबार गलेश्वर, बेनीबजार, मंगलाघाटमा घरदैलो अभियान गरिएको थियो ।म्याग्दीमा जिल्लास्तरीय कार्यक्रम गरी केन्द्रिय नेता ल्याएर आमसभा राप्रपाले मात्रै गरेको छ ।

म्याग्दीमा जिल्लास्तरीय कार्यक्रम गरी केन्द्रिय नेता ल्याएर आमसभा राप्रपाले मात्रै गरेको छ । राप्रपाको प्रदेशसभा क्षेत्र न १ मा प्रविण शाही, प्रदेश सभा क्षेत्र नं २ की उम्मेदवार मिठुकुमारी थापा उम्मेदवार छन् ।

Leave a Reply