म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो चुनावी अभियानमा बोलेका हरेक प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५, शिखमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभा सदस्यका उम्मेदवार गर्बुजाले ग्रामिण पर्यटन, पूर्वाधारको विकासमा लोभालाग्दो बजेट ल्याउने बताउनुभयो ।  ‘मेरो चुनावी प्रतिबद्धता अनुसारको काम तपाईहरूले हेर्नुहोला,‘बोलेर मात्रै जिल्लाको विकास हुदैन, अब धेरै ढिला भइसक्यो’ गर्बुजाले भन्नुभयो ।

उहाँले वडाभित्रका हरेक बस्ती ग्रामिण पर्यटनका लागि सम्भावना भएकाले जनताको आवश्यकता अनुसार नै काम गर्ने बताउनुभयो । त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार हरिबहादुर भण्डारीले प्रदेश र संघमा गठबन्धनका सरकार बन्ने भएकाले पूरा गर्न सक्ने मात्रै प्रतिबद्धता जनाएको बताउनुभयो।

‘अब खोक्रा प्रतिबद्धताले मात्रै म्याग्दीको विकास हुन्न,हामीले अन्य जिल्लासरह बजेट ल्याएर जनताको समस्या समाधान गर्नुपर्छ’ भण्डारीले भन्नुभयो । शिखको आमसभामा स्थानीयले एक्यापको आम्दानी सम्ुदायमै खर्च हुनुपर्ने, पूर्वाधार सहितका योजनाहरूमा बजेटले प्राथमिकता पाउनुपर्ने लगायतका माग समेत राखेकाले जनताको माग अनुसार नै सम्बन्धित निकायको ध्यानार्कषण गराउने उम्मेदवारले प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै अन्नपूर्ण–६, घारमा समेत यसपटक गठबन्धनका उम्मेदवारलाई काम गर्ने अवसर दिन उम्मेदवारले मतदातालाई अपिल गरेका थिए ।गठबन्धनको अन्तिम चुनावीसभा अन्नपूर्ण–१ दोवामा भएको थियो ।

उक्त सभामा समेत प्रतिनिधिसभाका सदस्य उम्मेदवार गर्बुजाले दोवाबासीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताउँदै मतको सम्मान गर्ने गरी निर्वाचित भएलगत्तै ५ बर्ष प्रतिबद्धता र काम गर्ने खाका सार्वजनिक गर्ने बताउनुभयो ।

‘अर्कोपटक चुनावी सभामा अहिलेका मागहरु पूरा हुन्छन, यो तपाईलाई मेरो बाचा भयो, मैले इमान्दारितापूर्वक काम गर्नेछु’ गर्बुजाले भन्नुभयो । सोही अवसरमा गठबन्धनका नेताले समेत दोवाको पूर्वाधार, शिक्षा सहित, सिमा विवाद लगायतका क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

निर्वाचन आयोगले प्रचार प्रसार तथा घरदैलो अभियानका लागि दिएको समय आज राती १२ बजेदेखि सकिँदै छ । सुन्य समय सुरुहुने भएकाले कांग्रेसले जिल्लाभरीको चुनावीसभा दोवामा समापन गरेको नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले बताउनुभयो । यसैबीच गठन्धनबाटै प्रदेशसभा क्षेत्र न २ का उम्मेदवार सुविन जुग्जाली सहितको टोलीले समेत बिहिबार घरदैलो कार्यक्रम गरेको छ ।

Leave a Reply