म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीकी दुवै मृगौला खराव भएकी ज्ञानु विकको उपचारमा आर्थिक सहयोग गरिएको छ । साउदी स्थित अल्मराई कम्पनीमा कार्यरत पवन सेन्चुरी र टंक सेरपुंजा (विस्वास ) को पहल तथा दग्नामको दर्मिजाबाट संकलन गरिएको ५२ हजार ५७५ रुपैयाँ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

उपचारको अभावमा आर्थिक जुटाउन नसकेपछि अलपत्र परेकी विकलाई साउदीबाट आउनुभएका पवन सेन्चुरी र स्थानीयस्तरमा संकलन गर्नुभएका राजकुमार सेन्चुरी विश्वकर्माले सहयोग उपलब्ध गराउनुभएको हो । साउदीबाट ३२ हजार ५५० र स्थानीयस्तरमा १७ हजार संकलन भएको थियो ।

दुवै मृगौला फेल भएको चार महिनासम्म डायलासिस र नियमित औषधीका लागि सहयोग खोजीरहेकी विकलाई आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका थिए । मृगौलामा खरावी आएपछि बेगमले डायलासिससँगै नियमित उपचारमा आर्थिक अभाव भएको छ ।

 

Leave a Reply