विश्वकप आइतबारदेखि शुरु हुँदै छ। यो बीचमा कतारमा खेल्ने सबै राष्ट्रभन्दा पाको टोली अर्जेन्टिनाको रहेको छ। टोलीमा रहेका खेलाडीको उमेरका हिसाबले औसत निकाल्दा अर्जेन्टिना बूढो टोलीका रूपमा देखिएको हो।

अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ। टोलीमा रहेका कप्तान लियोनल मेसी र तीनैजना गोलकिपरसहित ९ जना कम्तिमा ३० वर्ष उमेरका छन्। सबैभन्दा कान्छा खेलाडीका रूपमा २१ वर्षीय मिडफिल्डर एन्जो फर्नान्डेज छन्। ६ जना २४ वर्षका खेलाडी छन्। २२ र २३ वर्षका पनि एक एक खेलाडी छन्।

कतार विश्वकपको सबैभन्दा युवा भने अमेरिकी टोली रहेको छ। टोलीमा रहेका खेलाडीको औसत उमेर २४.५ वर्ष रहेको छ। टोलीमा कम्तिमा ३० वर्ष उमेरका ३ जना खेलाडी छन्। २५ वा त्यसभन्दा कम उमेरका खेलाडीको संख्या १५ रहेको छ। यस्तै २० वा त्यसभन्दा कम उमेरका ३ जना छन्।

Leave a Reply