प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविको मतदान केन्द्र र गठबन्धनको तर्फबाट खमबहादुर गर्बुजाले जनता मावि दग्नाम मतदान केन्द्रबाट मत खसाल्नुभएको छ ।

प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविमा रहेको
मतदान केन्द्रबाट मतदान गरेका छन् । श्रेष्ठले विहान मतदान सुरु भएको समयमै मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।मतदानपछि उम्मेदवार श्रेष्ठले म्याग्दी जिल्लालाई समृद्ध बनाउन आफ्नो बिजय सुनिश्चित रहेको बताउनुभएको थियो।

म्याग्दीमा बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply