गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले रघुगंगा गाउँपालिका वडा नं ४ स्थित जनता मावि मतदान केन्द्रबाट मत खसाल्नुभएको छ । उम्मेदवार गर्बुजाले विहानै मतदान केन्द्रमा पुगेर मत खसाल्नुभएको त्यहाँबाट पत्रकार धनिलाल गर्बुजाले जानकारी दिनुभएको छ।

मत खसालेपछि उम्मेदवार गर्बुजा अन्य मतदानस्थलतर्फ लाग्नुभएको छ । मतदानपछि उम्मेदवार गर्बुजाले यसपटक गठबन्धनको सानदार विजय सुनिश्चित भएको बताउनुभयो । उहाँले म्याग्देली जनतालाई दिएको बाचा पुरा गर्नु बताउनुभयो । म्याग्दीमा बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply