म्याग्दीको धवलागिरी गाउँपालिकाको अति विकट गूर्जा र मुदीको बगरबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। सडक सञ्जालले नछोएको वडा नं १ गूर्जा र वडा नं ४ मुदीको बगरबाट सोमबार विहानमात्रै मतपेटिका सदरमुका बेनीतर्फ ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्धारित समयमै मतदान सुरु भई साँभ ५ बजे सकिएपनि रातको समयमा मतपेटिकाको सुरक्षा र भौगोलिक कठिनाईका कारण आइतबार साँझ मतपेटिका सहित टोली सदरमुकाम आउन असम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताउनुभयो ।

‘हेलिकप्टरबाट मतपेटिका ल्याउन प्रस्ताव गरिएपनि सम्भव नभएपछि पैदलमार्ग हुदै सोमबार साँझसम्म आइपुग्छ,‘मतपेटिका सुरक्षित रुपमा राखिएको छ’ सहायक प्रजिअ शर्माले भन्नुभयो ।

दुवै मतदान केन्द्रबाट करिब एकदिन पैदल यात्रा गरेपछि मात्रै सडक सञ्जाल जोडिएको स्थानमा आइपुग्न सकिन्छ । यसैबीच आइतबार मतगणना सकिएपछि जिल्लाका अन्य ८० वटा मतदानस्थलबाट मतपेटिक ल्याउने क्रम सुरु भएको छ । सोमबार साँझदेखि मतगणना सुरु हुने बताइएको छ ।

Leave a Reply