म्याग्दीको धवलागिरी गाउँपालिका-१, गूर्जाबाट विहानै कडा सुरक्षाका बिच मतदान अधिकृत सहितको टोली मतपेटिका पैदलमार्ग हुदै सदरमुकाम बेनीतर्फ प्रस्थान गरेका छन् । जिल्लाको अति दुर्गम क्षेत्र मानिने गूर्जा र धवलागिरी–४, मुदीको बगरबाट सोमबार विहानै मतपेटिका लिएर टोली सदरमुकाम तर्फ हिडेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार सम्पन्न भएको मतदान सकिएपछि रातको समयमा मतपेटिकाको सुरक्षा र भौगोलिक कठिनाईका कारण सोमबार बिहानै प्रस्थान गरेको गूर्जाका निर्वाचन अधिकृत अमृत सुबेदीले बताउनुभयो । उहाँका अनुसार लुलाङसम्म पदैल र त्यहाँ तयारी अवस्थामा रहेको सवारीसाधनबाट सदरमुकाम बेनी ल्याइनेछ । दुवै मतदान केन्द्रबाट हिडेको टोली सोमबार दिउँसोसम्म सदरमुकाम बेनी आइपुग्ने र सोमबार साझँदेखि नै मतगणना हुने बताइएको छ । जिल्लाका अन्य ८० वटा मतदानस्थलबाट मतपेटिक भने जिससमा रहेको मतगणनास्थलमा आइपुगेको छ ।

Leave a Reply