एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।मुस्ताङको दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा नम्डु गुरुङ र प्रदेशसभा (२) मा विकल शेरचन विजयी भएका छन् ।

गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । onlinekhabar.com

Leave a Reply