म्याग्दीको मतगणना सोमबार राती ९ बजेदेखि सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलीय बैठकमा प्रदेशसभा क्षेत्र नं २ मा रहेका तीन पालिकाबाट मतगणना गर्ने बताइएको छ । प्रदेशसभा क्षेत्र नं २ मा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाको मतगणना गर्ने बताइएको छ ।

उक्त क्षेत्रबाट प्रतिनिधि र प्रदेशसभाको मतगणना गरिने सहायक मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो ।

गूर्जा बाहेक सबै ठाउँबाट मतपेटिका आइपुगेको र गूर्जाको समेत केहीबेरमा आइपुग्ने बताइएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्बुजा र उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठ छन् भने प्रदेशसभा तर्फ नेकपा माओवादी केन्द्रका सुविन जुग्जाली र नेकपा एमालेका यामबहादुर गर्बुजा बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

Leave a Reply