मन हुने हो भने सामाजिक र परोपकारी काम गर्नका लागि अनुकुल अवस्था र मानिसहरुको भीड नै चाहिदो रहेनछ भन्ने गतिलो उदाहरण बन्नुभएको छ म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौर स्थित जनकल्याण माविका शिक्षक एवम् सामाजिक वाको क्षेत्रमा सक्रिय शिव बानियाँ । उहाँले आफ्नी दिवंगत माताको पुण्य तीथिको अवसरमा म्याग्दीको अत्यन्त दुर्गम गुर्जाको जनकल्याण माविका विपन्न विद्यार्थीहरुलाइृ रू ५ हजार ५ सय प्रदान गरेर उनीहरुको शैक्षिक विकासमा सहयोग गर्नुभएको हो ।

उहाँले कक्षा १० का प्रथम मदन छन्त्याललाई रू २ हजार,द्वितीय दिलमायाँ विकलाई रू १५ सय र तृतीय विमल विकलाई रू १ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । त्यसैगरी कक्षा ९ की प्रथम एवं अनुशासन विधामा विद्यालयकै सर्वोत्कृष्ट विद्यार्थी सन्जु छन्त्याललाई रू १ हजार प्रदान गर्नुभएको छ । विद्यालयका प्रअ न्याउली छन्त्याल, विव्यस अध्यक्ष गुनाराम छन्त्याल र वडाअध्यक्ष झकबहादुर छन्त्यालको उपश्थितिमा सो रकम प्रदान गरिएको छ ।

आज मंसिर ६ गते परेको दिवंगत आमा टेककुमारी बानियाँको पुण्य तीथिको अवसरमा उहाँले सो रकम प्रदान गर्नुभएको हो । सामाजिक क्षेत्रमा रूपान्तरणका लागि निरन्तर खटिरहनुहुने समाजसेवी एवं शिक्षाप्रेमी बानियाँले त्यहाँका विद्यार्थीहरुको शिक्षाप्रतिको उच्च लगाव तर कमजोर आर्थिक अवस्थालाई देखेर सहयोग गरेको बताउनुभयो ।

बानियाँ मिलन म्याग्दीका निवर्तमान अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाका सभापति लगाएत विभिन्न सामाजिक र शैक्षिक संस्थामा आवद्ध हुनुहुन्छ । बेनी साप्ताहिकका पूर्व प्रधानसम्पादक समेत रहिसक्नुभएका बानियाँ पत्रकारिता क्षेत्रमा समेत संलग्न हुनुहुन्छ ।

Leave a Reply