????????????????????????????????????

प्रतिनिधि सभा निर्वाचनमा म्यादी जिल्लामा नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम गरेका छन्। नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पछि पारेका छन्। कांग्रेसका गर्बुजाले १८ हजार ८ सय ९५ प्राप्त गरेका छन् भने एमालेका श्रेष्ठले १६ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।

त्यस्तैगरी, प्रदेशसभातर्फ नेकपा एमालेका देवेन्द्रबहादुर कटुवाल ७ हजार ९५ मल प्राप्त गरेका छन् भने गठबन्धनका (हसिया हथौडा) हरि भण्डारीले ८ अवनर ४६० ल्याएका छन । यसअगाडी दुईपटक पराजित भएका कांग्रेसका गर्बुजाले यसपटक नेकपा एमालेको पकट मानिएका वडामै अग्रता लिएका थिए भने आफ्नो जन्म गाउँ दग्नामको जनता मावि दग्नाम र शिव प्राबी दर्मिजा गरी ९२६ जनाले मतदान गरेकोमा ८७९ मत अर्थात ९६.६७ प्रतिशत मत प्राप्त गरेका छन् ।

हालसम्म प्रदेशसभा क्षेत्र नं १ अन्तरगत बेनी नगरपालिका र रघुगंगा –१,२,३ र ४ को मतगणना सकिएको छ । यसैबीच प्रदेशसभा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका संयोजक सुविन जुग्जालीले विजय प्राप्त गरिसकेका छन् ।

Leave a Reply