गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १६औं वार्षिकोत्सवको अवसर पारेर बेनी शाखामा आयोजित रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारणले रक्तदान गरी ३० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रमको बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्र श्रेष्ठले उद्घाटन गदैं वित्तिय सेवा बाहेक शिक्षा, स्वास्थ्य लगायत मानवीय सेवामा निरन्तर सक्रिय रहेको बताउनुभयो ।


बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गरेको म्याग्दी शाखाका प्रवन्धक कमल सुबेदीले बताउनुभयो । अस्पतालमा उपचार सेवाका लागि आउने सर्वसाधारणलाई आवश्यकता परेमा रगत सहयोग गर्नका लागि बैंकमार्फत रचनात्मक कार्यक्रम रक्तदान सञ्चालन गरिएको शाखा प्रवन्धक सुबेदीको भनाई छ ।

रक्तदान कार्यक्रममा पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका निर्वतमान मेयर हरिकुमार श्रेष्ठ, पुर्व सञ्चालक शिब केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालक श्रेष्ठ, स्वागत बागलुङ शाखा प्रबन्धक नारायणहरी शर्मा र सञ्चालन बेनी शाखा प्रबन्धक सुबेदीले गर्नुभएबो थियो । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ ।

 

Leave a Reply