म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बालाचर्तुदशी पर्वको अवसरमा ४ लाखभन्दा बढी भेटी संकलन भएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुबाट ४ लाख २७ हजार ६३ रुपैयाँ संकलन भएको हो । मंगलबार साँझसम्म भक्तजनले मन्दिरमा चढाएको भेटी संकलन गरी प्रहरीकै उपस्थितीमा मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा भेटी गनेर सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी सदस्य गौमायाँ गर्बुजाले जानकारी दिनुभयो ।

भेटीको संकलन गरी आवश्यकता अनुसार मन्दिरको पूर्वाधार सहितको क्षेत्रमा खर्च गर्ने गरिन्छ । दान संकलन गर्ने क्रममा छिटफुट भेटीलाई समेत हरेकमहिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिएको कोषले जनाएको छ । नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचतुर्दशीलाई विषेश गरी सनातन हिन्दू धर्म अन्र्तरगतको विशिष्ट महत्वको मान्ने गरिन्छ ।भगबान शिवजीका ८८ वटा अवतार मध्ये बाल अवतारको अवसरमा गलेश्वरधाममा सतबिज छर्ने प्रचलन रही आएको छ

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

Leave a Reply