प्रतिनिधि सभा निर्वाचनमा म्यादी जिल्लामा नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले ५ वटा स्थानीय तहको मतगणनासम्म फराकिलो अग्रता कायम गरेका छन्। बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी गाउँपालिका र रघुगंगा गाउँपालिकाको मतगणना सम्पन्न भएसँगै गर्बुजाले ३५ सय ६० मत सहित अग्रता लिएका छन् ।

गर्बुजाले २० हजार ८२१ मत र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १७ हजार २६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब बेनी अन्नपूर्ण गाउँपालिकाका ८ वडाको मतगणना बाँकी छ ।जारी मतगणनामा नेकपा एमालेका पकट मानिएको वडामा यसपटक गठबन्धनले आफ्नो अग्रता कायम गरेको देखिन्छ ।

यसैबीच प्रदेशसभा क्षेत्र नं १ अन्तरगत नेकपा माओवादी केन्द्रका हरी भण्डारीले १० हजार १ सय २२ प्राप्त गरेका छन् भने नेकपा एमालेका जिल्ला अध्यक्ष देबेन्द्र कटुवालले ८ हजार ५६५ प्राप्त गरेका छन् । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको मतगणना सम्पन्न नहुदाँ भण्डारी १५ सय ५५ मत सहित अग्रता कायम गरेका छन् । प्रदेशसभा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका संयोजक सुविन जुग्जालीले विजय प्राप्त गरिसकेका छन् ।

 

Leave a Reply