बालकमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको एक वडामा मंगलबार राति हिँडिरहेको बालकलाई लिफ्ट दिने बहानामा एकान्तमा लगि यौन शोषण गरेको आरोपमा प्रहरीले अनुप नेपालीलाई पक्राउ गरेको हो ।

२६ वर्षीय नेपालीले रातको समयमा हिडिरहेका दुई बालकलाई घर छाडिदिने भन्दै मोटरसाइकलमा बस्न भनेका थिए । बालकले नमानेपछि नेपालीले जबरजस्ति गरेको बालकले बताएका छन् । बालकले आफूमाथि यौन दुव्र्यवहार गरेको प्रहरी समक्ष समेत बताएका छन् । ‘माथिबाट बाइक आएको थियो । सुरुमा सरर गयो । पछि हाम्लाई देखेर फर्किएर आयो । अनि नजिकै रोक्यो’,ती बालकले भने, ‘अनि आइज म पु¥याइदिन्छु भन्यो । हामी जान्न भन्दापनि जबरजस्ति लिएर गयो ।

माथि पुलमा बाइक रोकेपछि हामी हिँड्न लागेका थियौँ । मेरो साथी भाग्यो मलाई समातेको थियो अनि मलाई अंगालो हालेर पुलतिर लग्यो ।’ त्यसपछि कपडा खोलेर यौन शोषण गरेको पीडितको बयान छ । पीडितले आफु भाग्न खोज्दा पुलबाट फालिदिन्छु भन्दै धम्काएको समेत बताए । घिनलाग्दो क्रियाकलाप भएपछि बालक चिच्याएपनि उनले फालिदिने डर देखाएपछि डराएको बताए । उनीसँगै गएका उनका साथीले आफ्नो काकालाई ल्याएर आएपछि नेपाली फरार भएका थिए । अन्त जाने बाटो नभएकाले सोही स्थानको एक घुम्तिमा पीडित बालकसहित अन्य व्यक्तिले लामो समयसम्म कुरेर बसेको पिडतको भनाइ छ । पीडितका अनुसार करिब आधा घण्टा कुरेर बस्दा युवक फर्किएर आएको र समात्दा भागेका थिए ।

‘हाम्रो अंकल लाइट बालेर आउँदा त्यसले देख्यो । देखेपछि भाग्यो । आधा घण्टा ओरालोमा कुरेर बसेको अनि आयो । अंकलले चाबी थुतेपछि बस भन्दा भाग्यो । राति पुलिस आएपछि उसैको घरमा पुग्यौँ’, पीडितले भने । नेपालीलाई पक्राउ गरी सात दिनको म्याद थप गरेको प्रहरीले बताएको छ । पीडितका बुबाले प्रहरीलेसँगै छोरा रुदैँ आएको बताए । उनले आफ्नो छोरामाथि दुव्र्यवहार गरेको र प्रहरीमा जाहेरी दिएको सुनाए ।

Leave a Reply