---Advertisement---

जन्मदिनमा बालगृहका बालबालिकालाई सहयोग

On: November 26, 2022 10:28 AM
Follow Us:

जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन्। कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन्। जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ। तर, पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ ।

यसैक्रममा बेनी नगरपालिका वडा नं ५ पुला घर भई हाल बेनीमा फेन्सी ब्यवसाय गर्ने राजु बानियाँ आफ्नो छोरा रियान्स बानियाँको दोस्रो जन्मउत्सवको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा बस्ने बालबालिकालाई करिब ७ हजार बराबरको शैक्षिक साम्रागी, खाद्यान्न लगायतको सहयोग गरेका छन् ।

उक्त सहयोग संगठनका सचिव सन्दिप खत्रीलाई हस्तान्तरण गरेका थिए । जन्मदिनको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि बालगृहमा रहेका बालबालिकालाई सहयोग गरिएको राजु बानियाँले बताउनुभयो । बालगृहमा रहेका बालबालिकालाई ब्यक्तिगत तथा संस्थागत सहयोग प्राप्त हुने गरेको छ ।