---Advertisement---

जन्मदिनको अवसरमा यूएईबाट बालगृहका बालबालिकालाई सहयोग

On: November 26, 2022 12:07 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सव मनाइन्छ । जन्मदिनमा साथीभाई, परिवारसँग बसेर प्रसस्तै खर्च गर्नेहरू अहिले समाजमा छ्यापछ्याप्ती भेटिन्छन् । जन्मदिनमा खानपिन, मनोरञ्जनमै खर्च गर्नुपर्छ भन्नेहरूका बिचमा म्याग्दीका एक यूवाले प्रवासबाट जन्मदिनको अवसरमा नेपाल बाल संगठन म्याग्दीलाई सहयोग गरेका छन्

बेनी नगरपालिका वडा नं ७ मंगलाघाटका बिशाल किसानले यूएईबाट नेपाल बाल संगठनमा रहेका बालबालिकालाई १५ हजार बराबरको शैक्षिक तथा खाद्यान्न साम्रागी सहयोग गरेका छन् । कर्मभुमिमा जन्मदिनको अवसरमा औपचारिक कार्यक्रम गर्नुभन्दा आफ्नै जन्मभूमिमा अभिभावकविहिन बालबालिका बस्ने बालगृहका बालबालिकालाई सहयोग गर्नु उचित भएर सहयोग गरेको किसानले बताए ।उनले अभिभावकविहिन बालबालिका बस्ने बालगृहमा भविस्यमा पनि सहयोग गर्ने बताए ।

उक्त सहयोग बालगृहका कार्यालय प्रमुख सुजन खत्रीलाई विजय किसानका दाजु विजय किसानले सहयोग हस्तान्तरण गरेका थिए । बालगृहका बालबालिकालाई संस्थागत तथा ब्यक्तिगत रुपमा प्राप्त हुने सहयोगले नियमित सञ्चालनमा सहज भएको कार्यालय प्रमुख खत्रीको भनाई थियो । बालगृहमा हाल १२ जना बालिबालिका आश्रीत छन् ।