म्याग्दी जेसिजले बेनी नगरपालिका– ९ घुरेपानीमा रहेका स्यालीखेत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तरगत ३३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकको न्यानो स्विटर उपलब्ध गराएको हो बेनीको अर्जुन सपिङ सेन्टरले स्विटर सौजन्य गरेको थियो ।

अध्ययनरत विद्यार्थीहरुलाई वडा अध्यक्ष चक्र केसी र म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले स्वीटर वितरण गर्नुभएको थियो ।जाडोको समयलाई लक्षित गरेर विद्यार्थीहरुको स्कूल ड्रेसको स्वीटर वितरण गरिएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।

वडाअध्यक्ष केसी र विशिष्ट अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष फौदबहादुर चोखालले विद्यालयप्रति गरेको सहयोगप्रति जेसिजलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी जेसिजका शाखा अध्यक्ष खत्रीको अध्यक्षता, तालिम संयोजक कृष्ण शर्माको संचालन र सुनिता बेल्वासेको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply