नेपाल रेडक्रस सोसाईटी पुलाचौर उपशाखालाई आफ्नी स्वर्गीय आमाको सम्झनामा एक परिवारबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका गजिन्द्र श्रेष्ठको परिवारले आफ्नो स्व. आमा धनमाया श्रेष्ठको स्मृतिमा रेडक्रस उपशाखालाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

रेडक्रस उपशाखा अन्तर्गत रहेको विपद् व्यवस्थापन समितिका सचिव तथा पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीका शिक्षक समेत रहेका श्रेष्ठ, रेडक्रसका आजीवन सदस्यद्वय फुलमाया श्रेष्ठ र सरस्वती श्रेष्ठको परिवारले स्वर्गीय आमाको सम्झना गर्दै आठौं दिनको पुण्यतिथिमा पुलाचौर रेडक्रसलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेको उपशाखाका सभापति शिव बानियाँले बताउनुभयो ।

श्रेष्ठको परिवारबाट प्राप्त सहयोग रकमलाई सामाजिक क्षेत्रमा लगानी गरिने रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ । सोही अवसरमा स्वं श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभाको समेत आयोजना गरेर समाजको एक उदाहरणीय आमा गुमाउँदाको पीडा व्यक्त गर्नुका साथै उहाँ मिलनसार, सहयोगी र शालीन व्यक्तित्व भएको चर्चासहित १ मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा रेडक्रस म्याग्दीका प्रथम यशस्कर सदस्य यामबहादुर बानियाँ, उपशाखा सचिव रेशम बानियाँ, निवर्तमान वडा अध्यक्ष तथा कार्यसमिति सदस्य लक्ष्मण बानियाँ, सल्लाहकार प्रताप बानियाँ, कार्यसमिति सदस्यहरु शान्ति शर्मा, लक्ष्मी शर्मा, विपद् व्यवस्थापन समितिका सदस्यद्वय यामबहादुर बानियाँ र खड्गप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

यसैगरी उक्त कार्यक्रममा बेनी सामुदायिक माविका प्रधानाध्यापक दीपक श्रेष्ठसहित अन्य शिक्षकहरु तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष एवं क्रियाशील पत्रकार हरिकृष्ण गौतमलगायत ज्येष्ठ रेडक्रसकर्मी र समाजसेवीहरुले पनि सहभागिता जनाएका थिए । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित रेडक्रसले समुदायस्तरमा सामाजिक र मानवीय क्षेत्रमा आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply