प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका १४ जनाको जमानत जफत भएको छ । गठबन्धन र एमालेबाट उम्मेदवार रहेका बाहेकका राजनीतिक दल तथा सबै स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो । प्रतिनिधि र प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका २० जनामा गठबन्धन र नेकपा एमाले बाहेक सबैको जमानत जफत भएको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारले १० हजार र प्रदेश सभामा प्रत्यक्षतर्फको उम्मेदवार बन्नको लागि ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ।

उम्मेदवारले सम्बन्धित क्षेत्रमा सदर भएकामध्ये १० प्रतिशत मत पाएमा धरौटी फिर्ता हुने सहायक मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताए ।‘सदर मतको १० प्रतिशत मत पाउन नसके धरौटी जफत हुने नियम छ,‘ प्राप्त नतिजा अनुसार तीन दलबाहेक सबैको जफत भएको छ’ पौडेलले भने ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजाले २४ हजार २१ मत, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ ८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्रीले १४ सय २४ मत, राप्रपाका जगतप्रसाद गौचनले ९ सय ९५ मत, मंगोल नेशनल अर्गनाइजेसनका ओमराज मगरले ७६८ मत, नेपलिष्ट पिपुल पार्टीका बिष्णु घिमिरे खत्रीले ५३ मत, स्वतन्त्रका खिलबहादुर बरुवालले ३५ मत, नविन जिसीले ३७ मत र बिनोत भट्टचनले १ सय १२ मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रदेशसभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारील १२ हजार ७४० मत, नेकपा एमालेका देबेन्द्रबहादुर कटुवाल क्षत्रीले ११ हजार ७६५, राप्रपाका प्रविण शाहीले २ हजार ४९ मत, राप्रपा नेपालका दुत गिरीले १२२ मत, नेशनल मंगोलका दिपक पुनले १ हजार ७३े मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रदेशसभा क्षेत्र नं २ तर्फ नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले ९ हजार ४५४ मत, नेकपा एमालेका यामबहादुर गर्बुजाले ९ हजार ३५३ मत प्राप्त गरेका थिए भने राष्ट्रि प्रजातन्त्र पार्टीकी मिठुकुमारी थापाले ५ सय २५ मत, राप्रपा नेपालका झलकबहादुर बानियाँले ७१ मत, मंगोल नेशलन अर्गनाइजेसनका डकबहादुर बानियाँले ६९३ मत र स्वतन्त्रका देविन्द्र फगामीले १६९ मत पाएका थिए ।

दल र उम्मेदवारहरूले प्राप्त मतको १० प्रतिशत मत कटाउन नसक्दा जमानत समेत जफत भएको र जमानत जोगिएकाले प्रक्रिया पुरा गरी फिर्ता लैजान सक्ने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीको ८६ हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो।

 

Leave a Reply