अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

On: November 30, 2022 10:46 AM
Follow Us:

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्।  कुश्मास्थित जिपलाइनमा उनले मङ्गलबार साइकल कुदाएका हुन्। जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन्। ‘अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन’, उनले भने। साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए।

पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उनलाई साइक्लिङको नसा चढेको हो। त्योबेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाए। बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गरेका छन्।

बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुगेका छन्। उनले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गरेका छन्। साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ। बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ।