जब विश्वकप सुरु हुन्छ, तब फकल्यान्डको युद्ध पनि चर्चामा आउने गरेको छ । फुटबल र फकल्यान्डको युद्धको के छ त्यस्तो सम्बन्ध ? किन यसरी विश्वकपको बेलामा फकल्यान्डको युद्धको चर्चा आउँछ ? अहिलेको विश्वकपको सुरुवातमा नै फकल्यान्डको युद्ध चर्चामा आएको छ । सन् १९८२ मा फकल्यान्ड टापुका लागि अर्जेन्टिना र बेलायत युद्धमा होमिएका थिए । युद्ध सकेको पनि धेरै वर्ष भइसकेको छ, तीन दशकभन्दा बढी । तर पनि बेला बेलामा चर्चामा आउने गरेको छ ।

के हो फकल्यान्डको युद्ध ?

फकल्यान्ड टापु दुई ठुला (पूर्वी र पश्चिमी) टापुहरू र अन्य साना टापुहरू मिलेर बनेको दक्षिण एटलान्टिक महासागरमा रहेको टापु हो । सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुहरू र दक्षिणी जर्जियामाथि भएको विवादले भएको थियो । फकल्यान्ड सन् १८३३ देखि ब्रिटिस उपनिवेश थियो । अर्जेन्टिनाले भौगोलिक निकटताका कारण आफ्नो क्षेत्र दाबी गरिरहेको थियो । बेलायतले  चाहिँ अन्तर्राष्ट्रिय ‘सिफारिस कानुन’को आडमा आफूले लामो, खुल्ला, निरन्तर र शान्तिपूर्ण रुपमा १८३३ यताकै निरन्तरताका रूपमा टापु आफ्नो अधीनमा हुनुपर्ने दाबी गर्दथ्यो ।

फकल्यान्ड युद्ध १९८२ अप्रिल २ मा अर्जेन्टिनाले अचानक फकल्यान्ड टापुहरूमा धावा बोलेपछि सुरु भएको थियो । यसलाई अर्जेन्टिनाले आफ्नो भूमिमा पुनः आफ्नो उपस्थिति ठानेको थियो भने ब्रिटिसले चाहिँ आफ्नो नियन्त्रणमाथि रहेको भूमिमाथिको हमलाको रूपमा लिएको थियो । त्यस अघि ती टापुहरू बेलायतको उपनिवेश रहेका भए पनि उसले आफ्नो व्यवस्थित सैन्य स्थापना गरेको थिएन । यसको फाइदा लिँदै अप्रिल २ को सबेरै अर्जेन्टिनी बल टापुहरूको राजधानी स्ट्यान्ली बन्दरगाह प्रवेश गरेको थियो । त्यति बेला त्यहाँका ब्रिटिस गभर्नर रेक्स हन्टलाई आत्मसमर्पण गराएर अर्जेन्टिनी बलले राजधानी कब्जा गर्न धेरै समय लगाएन ।

अर्जेन्टिनाले फकल्यान्ड कब्जा गर्दा मुस्किलले ३ घण्टा सङ्घर्ष भएको थियो । यसको कारण के थियो भने त्यति बेला ७५ जना मात्र बेलायती शाही जलसेनाहरू टापु सुरक्षाको रूपमा तैनाथ थिए । त्यस क्रममा एक जना अर्जेन्टिनी अधिकृत मारिए, केही घाइते भए भने केही भवनहरू ध्वस्त भएका थिए । त्यसै दिन दक्षिणी जर्जिया सहित दक्षिण एटलान्टिक महासागरका टापुहरूमा अर्जेन्टिनाले एकैचोटि कब्जा गरेको थियो ।

अर्जेन्टिनाको यस्तो कदमले बेलायत नराम्ररी चिढियो । भोलिपल्टै बेलायतको तल्लो सदन हाउस अफ कमन्समा यस विषयमा तीव्र बहस भयो । प्रधानमन्त्री मार्गरेट थ्याचरले यसैबेला आफ्ना सैन्य बल दक्षिण एटलान्टिक महासागरतिर पठाइने घोषणा गरिन् । अन्तर्राष्ट्रिय शक्तिहरू पनि शक्तिशाली बेलायतकै पक्षमा लागे । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले टापुहरूमा अर्जेन्टिनाले गरेको कब्जाको भर्त्सना गर्दै आफ्ना सेनाहरू तुरुन्त फिर्ता पठाउन माग गर्‍यो । यता दुवै देशले युद्धको कुनै घोषणा नगरीकन त्यसका लागि सशक्त तयारी थाले ।

युद्ध धेरै लामो समय चलेन, तर जति चल्यो, निकै जोडदार चलेको थियो । त्यो यही युद्ध थियो, जसमा बेलायतले आफ्नो गोर्खाली सेनालाई उतारेको थियो । फकल्यान्ड युद्धमा ती गोर्खाली सेनाले के के गरे, थुप्रै युद्ध इतिहासका किताब लेखिएका छन् । त्यो युद्धमा वास्तवमै के भएको थियो, त्यसबारे बयान गर्न अझै धेरै गोर्खाली फौजका ती जवानहरू भेटिन्छन् । युद्ध जितेपछि बेलायती मिडियाले गोर्खाज फौजको खुबै बखान गरेको थियो । नायक जस्तै गरेर उनीहरूलाई प्रस्तुत गरिएको थियो । तर केही इतिहासकार के मान्छन् भने सायद ती गोर्खाली सैनिक अर्जेन्टिनीहरूप्रति केही बढी नै निर्दयी भएका थिए   ।

मेस्सीको सहयोग

मेस्सीको सहयोगमा रामेछापको ओखे्रनी च्यास्कुमा रहेको स्वास्थ्य चौकीको निर्माण गरिएको छ । भूकम्पले क्षतविक्षत भएको चौकी वार्सिलोनाका स्टार मेस्सीको सहयोगमा निर्माण गरिएपछि हाल त्यस्का लागि खानेपानीको व्यवस्था पनि गरिएको छ ।

वार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका चर्चित खेलाडी मेस्सीको सहयोग र युनिसेफको पहलमा नेपालका बिभिन्न जिल्लामा आधा दर्जन बढी स्वास्थ्य चौकीहरु निर्माण भएका छन् । उनै मेस्सीको सहयोगमा रामेछापको च्यास्कुमा बनेको स्वास्थ्य चौकलाई खानेपानीको अभाव भएपनि अब त्यो पनि पूरा भएको छ । स्वास्थ्य चौकीमा सोलार लिफ्ट सिस्टमबाट खानेपानी सेवा पुर्‍याइएको छ ।

२३ लाख रुपैयाँ युनिसेफको लगानी तथा ६ लाख रुपिँया स्थानीय जनश्रमदान गरी २९ लाख रुपैयाँमा उक्त खानेपानी आयोजना बनेको छ । स्वास्थ्य संस्थासँगै रहेको वस्तीमा समेत खानेपानीको चरम अभाव हुँदा स्थानीय नागरिकहरु एक ग्रागी पानी लिन २ घण्टा टाढा ओखरवोट साउने खोलावाट पानी वोकेर जीविको पार्जन गर्दै आएका थिए । #पुरानोसाम्रागी# 

Leave a Reply