पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको छ ।

लोप हुन लागेको पुन समुदायको कला संस्कृतिको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरिएको करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताउनुभयो । सङ्ग्रहालयको मंगलबार सगरमाथा आरोही तथा नायिका दिया पुनले उद्घाटन गर्नुभएको थियो ।


सङ्ग्रहालय उद्घाटन गर्नुहुँदै पुर्खाहरुले दैनिक जिवनयापनका लागि प्रयोग गरेका सामग्री,उनीहरुको कला संस्कृति नयाँ पुस्ताका लागि खोज अनुसन्धान गर्न सङ्ग्रहालयले सहयोग पुग्ने नायिका पुनले बताउनुभयो । नयाँ पुस्ताका लागि अध्ययनको थलो भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सङ्ग्रहालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सङ्ग्रहालयले पुर्खाहरुको पहिचानको संरक्षणमा टेवा पुगेको बताउनुभयो ।

हाम्रो मौलिक कला संस्कृति,भेषभूषा र परम्परागत जिवनशैलीका वारेमा नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ नायिक पुनले भन्नुभयो ‘सङ्ग्रहालयले मौलिक कला संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि टेवा मिल्ने विश्वास छ ।’ सङ्ग्राहलय उद्घाटनका अवसरमा पुन समुदायको मैलिक पुख्र्यौली नृत्य प्रदर्शन गरेका थिए ।


पुन समुदायका पूर्खाहरुको दैनिक जिवनयापन झल्कीने,रितिरिवाज,संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु संकलन गरेर सङ्ग्रहालयमा राखिएको छ । परम्परागत सामग्री,पोशाक,हातहतियार,भाँडा,गहना,पुरना पुस्तक र धातुका सिक्काहरु पनि सङ्ग्रहालयमा अवलोकनका लागि राखिएको छ । मंगलबार देखि सङ्ग्रहालय अवलोकनका लागि खुला गरिएको छ । सङ्ग्रहालयका लागि परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई तले भवन निर्माण गरिएको छ ।
सङ्ग्रहालय बनाउन संस्थागत र व्यक्तिगत रुपमा ८१ लख ८३ हजार सहयोग जुटेको र ८० लाख ३९ हजार तिनसय ४५ रुपियाँ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रबी पुनले बताउनुभयो ।

कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने योजना रहेको छ करबाकेली बाबा संरक्षण समितिका संरक्षक पुनले भन्नुभयो , ‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्काउने उद्देश्यले निर्मित भवनमा पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने योजनासहित सङ्ग्रहालय संचालनमा ल्याएका छौं ।’


हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । करबाकेली इको ट्रेकमा सङ्ग्रहालयका साथै जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरता थप विशेषता रहेको छ ।


समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे«, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ । पोखराबाट घोडेपानी,पुनहिल,फुलबारी,काफलडाँडा करबाकेली थान भएर बेनी बजारलाई जोड्ने पदमार्ग संचालन गरिएको छ । बाँसखर्क,महभिर,काफलडाँडा,रिम,फुलबारी,राम्चे,कुवापानीलाई यो पदमार्गले जोडेको छ ।
बेनी देखि वैसरी सम्म सवारीसधानको यात्रा र त्यसपछि ३ घण्टाको पदयात्रापछि करबाकेली थान पुग्न सकिन्छ । भने सवारी सधान प्रयोग गरेर तिप्ल्याङ,दोसल्ले,औल,रिम हुँदै करबाकेली पुग्न सकिन्छ ।

Leave a Reply