म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक आयोजना अलपत्र बनेको छ ।ठेकेदार कम्पनीले काम बीचैमा छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ ।

ठेकेदार कम्पनीबीच आपसमा असमझदारी बढेपछि चार महिना अघिसम्म काम गरेको ठेकेदार काम अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । सडक अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । १३ किलोमिटर लामो यो खण्डमा म्याग्दीको बेनीदेखि छुटेका सवारीसाधन मालढुंगा पुग्न डेढ घण्टासम्म समय लाग्ने गरेको छ ।

बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले सडकको दूरावस्थाका कारण घण्टौं जाममा फस्नुपरेको गुनासो गरेका छन् । बर्खामा सडक माथिबाट खसेको पहिरो, खाल्टाखुल्टी र अस्तव्यस्त तरिकाले छाडिएका निर्माण सामग्रीका कारण यात्रुले सास्ती भोग्नुपरेको गुनासो बढेको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ । २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा काम गरिरहेको छ ।

 

Leave a Reply