विपद् ब्यवस्थापन र जोखिमलाई रोकथाम र न्युनीकरणमा समाजका सबै पक्षको सहकार्य र सक्रियता आवश्यक रहेको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । यूवा रेडक्रस सर्कल बेनी सामुदायिक माविको आयोजनामा शुक्रबार सम्पन्न भएको बेनी नगरपालिकास्तरीय अन्तरमावि बक्तृत्वकला प्रतियोगितामा विपद्को रोकथाम र जोखिमलाई न्यूनिकरण गर्न विपद् पुर्वतयारी तथा प्रतिकार्य योजनाको आवश्यकता रहेको बताइएको थियो ।

यूवा रेडक्रस सर्कलले ‘विपद् ब्यवस्थापनमा विद्यार्थीको भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगिताको उद्घाटन गदैं नेपाल रेडक्रस सोसाईटी म्याग्दीका अध्यक्ष लेखबहादुर हमालले विपद्को समयमा जोखिमको न्युनिकरणमा सबैको सकर्तकता र सक्रियता आवश्यकता रहेको बताउनुभयो ।

सोही अवसरमा बेनी सामुदायिक मावि ब्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापा, शिक्षक अभिभावक संघकी अध्यक्ष बलादेवी राई, विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठ, प्रकाश माविका शिक्षक खगेश्वर रिजाल लगायतले बोलेका थिए। प्रतियोगितामा प्रकाश माविका समिर सुबेदी प्रथम, न्यू वेष्ट प्वाइन्ट आवासीय माविकी सिल्पिका जिसी, तृतिय लिटल गार्डेनकी स्मृति शर्मा र सान्त्वना राष्ट्रिय माविकी श्रेया मिजार भएको बेनी सामुदायिक माविका शिक्षक टिकानाथ शर्माले बताए ।

प्रतियोगितामा विजेताले क्रमश ४ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए । ११ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको अध्यक्षता जुरेश सभापति हिमाल आचार्य, स्वागत उपाध्यक्ष प्रमिला खड्का र सञ्चालन अविशेक पौडेलले गरेका थिए । सामुदायिक विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छन् ।

Leave a Reply