अतिरिक्त शैक्षिक क्रियाकलाप अन्तर्गत ‘महिला हिंसा न्यूनीकरणमा मेरो भुमिका’ विषयमा मालिका गाउँपालिका वडा नं २ रुम डाँडागाउँको अमरज्योति माविमा पालिकास्तरीय वकृत्वकला प्रतियोगिताको आयोजना गरेको छ। अमरज्योती माध्यमिक विद्यालयको आयोजना, गुड नेवर्स ईन्टरनेसनल र संगम म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग, मालिका गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको प्रतियोगितामा मालिका गापाका ६ विद्यालयका १५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

संगम म्याग्दी कोषाध्यक्ष धनमाया श्रेष्ठको प्रमुख आथित्यतामा आयोजित प्रतियोगितामा विधालयका प्रधानाध्यापक वीर बहादुर पुनले स्वागत शिक्षक पुरन पुनको सञ्चालन विब्यस अध्यक्ष मन बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा सिद्दार्थ मावि चिउरीबोटकी छात्रा उषा श्रीपाली प्रथम, अमर ज्योती माविकि छात्रा रेजिना वुढा दिद्धिय, गोरक्ष आधारभुत विधालयका छात्र प्रविन रोका तृतिय र राष्ट्रिय मावीकी छात्रा दिपा घर्तीले सान्त्वना स्थान हासिल गरेको संगम म्याग्दीका सह–सचिव सुनिता बेल्वासेले जानकारी दिईन् ।

एकीकृत सामुदायिक परियोजना सामुदायिक परिचालक प्रतीक्षा बुढाथोकी लगायतको उपस्थिती रहेको प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । सोही कार्यक्रमको अवसरमा गुर्ड नेवर्स इन्टरनेसनलबाट ३८ जना प्रायोजित(स्पोन्सरसिप) बालबालिकालाई ड्रेस, जुत्ता, कापी लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

Leave a Reply