म्याग्दीमा विद्यार्थीलाई ब्याडमिन्टन खेलप्रति आर्कषित गर्न म्याग्दी जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको जिल्लाव्यापी आधारभुत तथा माविस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत आधारभुत तहको छात्रतर्फ बेनी आवासीयका रियान श्रेष्ठ प्रथम, प्रकाश माविका नेल्सन बुढाथोकी द्धितिय, बेनी सामुदायिका मधु बुढाथोकी र दिवस पुन तृतिय भएका छन् ।

त्यस्तै छात्रातर्फ बुद्ध एकेडेमीकी प्रकृति रन्तिजा प्रथम, न्यु वेष्ट प्वाइन्ट आवासीय माविकी बृटिना सुबेदी द्धितिय, न्यु वेष्ट प्वाइन्टकी मुस्कान भण्डारी र बेनी आवासीय माविकी एलिना शर्माले तृतिय स्थान हात पारिन् । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो ।

त्यसैगरी माविस्तरीयमा छात्रतर्फ बेनी सामुदायिकका दियान थापा प्रथम, न्यु वेष्ट प्वाइन्टका विज्ञान भण्डारी द्धितिय, न्यु वेष्ट प्वाइन्ट प्रतिक रिजाल र हिमान्शु बरुवालले तृतिय स्थान हात पारेका थिए भने छात्रातर्फको सम्पूर्ण विजेता बेनी सामुदायिक माविका भएका छन् जसमा पेरिसा थापा प्रथम, द्धितिय अपेक्षा बरुवाल, तृतिय मिना बुढाथोकी र सर्मिला विक रहेको म्याग्दी ब्याडमेन्टिन संघका सचिव भरत थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने विजेताले क्रमश ३ हजार, २ हजार,५ सय, ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरिएको थियो । सोही अवसरमा विद्यालयस्तरमा प्रथम हुनेलाई केसी स्र्पोट्सबाट एक–एक थान राकेट वितरण गरिएको थियो । विजेतालाई प्रदेशसभा सदस्य हरि भण्डारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्री किरण कारन्जितम्याग्दी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

Leave a Reply