म्याग्दी जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको जिल्लास्तरीय ‘सि’ डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधी सुर्य मगर र सन्दिप गौतम र धौलागिरीस्तरीय खेलको उपाधी प्रवेश मगर र सन्दिप अधिकारीकोसमुहले जितेको छ ।

कालिपुलस्थित कर्वड हलमा आयोजित प्रतियोगिता अन्तरगत ‘सि’ डिभिजनमा ४३ टिमको सहभागिता रहेकोमा द्धितिय डोलराज र सोम थापा तृतिय दियान थापा,कृपेश शर्मा र सचिन शाक्य र सज्जन शाक्यको समुहले जितेको म्याग्दी जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । प्रतियोगितामा विजेतालाई क्रमश २० हजार, १० हजार र तृतिय दुई टिमलाई ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस्तै साविकको धौलागिरी अञ्चलस्तरीय प्रतियोगितामा १६ टिम सहभागी रहेकोमा द्धितिय टिकप्रसाद पुर्जा र भुपेन्द्र केसी तृतिय राज मगर, निसान गुरुङ चन्द्र पुन र विष्णु रिजाल भएका छन्। धौलागिरीस्तरीयमा पुन र रिजालको जोडी बाहेक सबै विजेता म्याग्दीका हुन् । उक्त प्रतियोगितामा प्रदेशसभा सदस्य हरि भण्डारीले प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ३० हजार, २० हजार, ५ हजार र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएबे थियो ।

म्याग्दी जिल्ला ब्याडमेन्टिन संघको अध्यक्ष हिमालय कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भरत थापाले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन जिसस प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । प्रतियोगितामा अन्तराष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त रेफ्रीले खेल सञ्चालन गर्नुभएको आयोजकले जनाएको छ।

Leave a Reply