म्याग्दीको सदरमुकाम बेनीमा ३१ औं अन्तराष्ट्रिय दिवसको अवसरमा दीप प्रज्वलन समेत गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र अपाङ्ग सघसमेतको संस्थाहरूको सहकार्यमा शनिवार बिरेन्द्रचोकमा दीप प्रज्वलन गरिएको हो ।

समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको अपाङ संघ म्याग्दीका सचिव एवम् राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य सुरेन्द्र खत्रीले बताउनुभयो ।

दीप प्रज्वलन कार्यक्रमकी प्रमुख अतिथि बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले अपाङ्गता भएका व्यक्तिहरुको आधारभुत आवश्यकता तथा सुरक्षाका लागि नगरपालिकाले निति र सुविधामा प्राथमिकता दिने बताउनुभयो ।

सोही अवसरमा दृष्टिविहिन धनमायाँ विकले आफ्नो प्रस्तुती दिनुभएको थियो । अपाङता भएकाहरुका लागि न्यायको माग सहित दिवसको अवसरमा आइतबार कार्यक्रम समेत रहेको छ । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ ।

Leave a Reply