दरवाङमा आँखा शिविर, ७६ जनाको मोतिया विन्दु शल्यक्रिया

म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ फिस्टेल पोखरा , मालिका गाउँपालिका ,आईसिओ फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर तीन दिन सम्म संचालन भएको थियो । मोतिया विन्दुको शिविरमै निशुल्क शल्यक्रिया गर्ने आयोजकले जनाएको छ । शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् ।

शिविरबाट ६८६ जनाले सेवा लिएका छन् । मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीका अनुसार , ७६ जनाको मोतियाबिन्दुको शल्यक्रिया र २०० जनालाई निशूल्क चश्मा वितरण गरिएको छ । ३ जनाको दुई वटै आँखाको शल्यक्रिया गरिएको थियो ।

हिमालय आँखा अस्पताल पोखराका नेत्रचिकित्सक डा.हरिबिक्रम अधिकारी, नेत्र सहायक कृतिका गुरुङ, धर्मेन्द्र घोरासैनी, टेकमाया गुरुङ, मनिका सुवेदी, कविता लामिछाने, दरवाङ आँखा उपचार केन्द्रका नेत्र सहायक राधिका पौडेल लगायत स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।

Previous articleरहस्यमय देविस्थानको गाईखर्क ताल !
Next articleमाओवादीको चुनावी समिक्षा ‘म्याग्दीको गठबन्धन गण्डकी प्रदेशमै प्रभावकारी’