म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ। बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो। बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिए।

a]gL ldgL /Ëzfnf lgdf{0f
DofUbL, !( dªl;/ M DofUbLsf] a]gL gu/kflnsf–& l:yt v’Nnf v]nd}bfg lj:tf/ u/L ldlg /Ëzfnf agfpgsf nflu kvf{n lgdf{0f ul/Fb} . a]gL gu/kflnsfn] ldgL /Ëzfnf of]hgfsf nflu rfn’ cfly{s jif{df ljlgof]hg u/]sf] ? %) nfv ah]6af6 kvf{n lgdf{0f yfn]sf] xf] . tl:a/ ;Gtf]if uf}td÷/f;;

‘बेनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको आठ लाख रुपैयाँ बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ’, उनले भने, ‘अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ। ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौँ।’

म्याग्दी नदीतर्फ पर्खाल र प्याराफिट निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवाले यही मङ्सिर पहिलो साता ३५ लाख ९३ हजार एक सय एक रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतालगत्तै मजदुर परिचालन गरेर निर्माण थालेको छ। ठेक्का मार्फत पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताए।

प्रदेशको बजेट कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिले कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्न थालेका छन्। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा नौ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो।

फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुलामञ्च हो। जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, साँस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ। त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ।

कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो। म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ। पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनेको छ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ। दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ। हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ। प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ।

हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ। विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख रुपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो। युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा छ लाख ५० हजार र २०७३ मा ५९ लाख ६७ हजार रुपैयाँ विनियोजन गरेको थियो।

विसं २०७४ मा एक करोड र २०७५/७६ मा ६० लाख रुपैयाँ विनियोजन भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले ५० लाख, खेलकुद मन्त्रालयले ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो। आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा कुनै पनि निकायबाट बजेट विनियोजन नहुँदा खेलमैदान निर्माण रोकिएको थियो।

Leave a Reply