गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जितेको नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेशमा समेत एक सांसद पाउने पक्का भएको छ ।

गण्डकी प्रदेशको समानुपातिकतर्फ नेपाली कांग्रेस म्याग्दीकी नेत्रृ एवम् महिला संघ म्याग्दीकी सभापति बिमला गौचन थकाली जनजातितर्फको महिला कोटाबाट प्रदेशसभा सदस्यमा मनोनिनत हुने पक्का भएको हो ।जनजातिको महिला कोटाको पहिलो नम्बरमा रहनुभएकी गौचनले सोमबार निर्वाचन आयोगबाट प्रदेशसभा सदस्यको सूचीमा रहेको जानकारी आएको बताउनुभयो ।

‘जिल्लाबाट प्रदेशमा प्रतिनिधित्वको अवसर आएको छ,‘मैले यो अवसरलाई पूर्णरुपमा जिल्लाको हितमै खर्च गर्नेछु’ गौचनले बेनीअनलाइनलाई भन्नुभयो । नेपाली कांग्रेसको विभिन्न पदका साथै महिला संघको नेतृत्व गर्नुभएकी गौचनले प्रदेशसभामा जिल्लाबाट प्रतिनिधित्व गर्नेहरुसँग सहकार्य गरी जिल्लाको विकास निर्माण सहितका अभियानमा सक्रियतापूर्वक सहभागी हुने बताउनुभयो ।

उहाँले सपथग्रहणपछि पार्टीले बनाएको योजना अन्तरगतका कार्यहरुमा प्रत्यक्ष संलग्न हुने र ५ बर्षको अवधिलाई म्याग्देली जनताले स्मरण गर्न सक्ने गरी काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभामा समानुपातिक तर्फ १३ हजार ६९३ ल्याएको थियो भने प्रदेशसभामा १५ हजार ७३३ मत ल्याएको थियो । म्याग्दीबाट प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका डा( मिनबहादुर श्रेष्ठको समेत सम्भावना रहेको बताइएको छ ।

Leave a Reply