काम गरिरहेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिँदा एकजना गम्भीर घाईते भएका छ । म्याग्दी बहुमुखी क्याम्पसको प्रवेशद्धारमा निर्माणधिन अवस्थामा रहेको भवनमाकाम गर्दै गरेको अवस्थामा माटोको ढिस्को खसेर ठेकेदार कृष्ण बरुवाल गम्भीर घाईते भएका छन् । एक्कासी माथिल्लो भागबाट माटोको ढिस्को खसेपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ निवासी ठेकेदार बरुवाललाई पुरेको थियो ।

स्थानीयबासी, प्रहरीको सक्रियतामा डोजरको सहायताले उद्धार गरिएका घाईते बरुवालको हाल बेनी अस्पतालमा उपचार भइरहेको छ । घाईतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ठेकेदार सहित बेनी नगरपालिकाका इन्जिनियर, कामदार समेत काम गरिरहेको अवस्थामा ढिस्को खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तस्वीर सौजन्य कृष्ण पौडेल

Leave a Reply