बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार विहान एकजनाको मृत्यु भएको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लाग्नुभएको थियो । डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल पुरिएको प्रहरीको भनाई छ । पुरिएको एकण्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा पु¥याइएको थियो । अस्पताल पु¥याइए लगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताउनुभयो ।

Leave a Reply