बिश्व साईकल यात्री अजित बरालले जीपलाईनमा साइकल कुदाएर बिश्व किर्तीमान कायम गरेको दाबी गरेका छन ।
पर्वतको कुस्मामा रहेको बिश्वकै दोस्रो लामो सुपरम्यान जीप लाईन हार्नेस जीपलाईनमा साईकल कुदाएर बिश्व किर्तीमान कायम गरेको दाबी गरेका हुन ।

बिश्वका सबैभन्दा अग्लो भूभागमा साईकल कुदाएर किर्तिमान कायम गरेका बरालले जीप लाईनमा साईकल कुदाउने काम पहिलो भएको दाबी गनुर्भभयो । ‘अहिले सम्म जीपलाईनमा साईकलबाट कसैले पनि यात्रा गरेको छैन ।’ साईकल यात्रा गरेपछि सञ्चारकर्मी संग बरालले भन्नुभयो ‘रोमाञ्चक र सहासी खेल भएका कारण मैले पहिलो प्रयासमा नै किर्तीमान कायम गर्न सकेको छु।’ जीपलाइनको स्पिडमा साईकल कुदाउँदा हावामा साईकल कुदाएको अनुभव भएको उहाँले बताउनुभयो ।

पर्यटकीय शहर पोखराको लेकसाईडका बासिन्दा ३४ बर्षिय बरालले १० बर्षकै उमेरमा पोखराबाट काठमाण्डौ सम्म साईकलबाट यात्रा गरेपछि साईक्लिङको नसा चढेको बताउनुभयो । उसबेला पोखराबाट ४ दिनमा काठमाण्डौ पुगेपछि साईकलबाट यात्रा गरेरै बिश्व घुम्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।

बरालले अहिले सम्म बिश्वका ७१ द्ेश साईकलबाट नै यात्रा गर्नुभएका बरालले धेरै वटा बिश्व किर्तीमान समेत बनाउनुभएको छ । उहाँले साईकल लिएर प्याराग्लाईडिङ गरेर बिश्व किर्तीमान बनाउनुभएको छ भने बिश्वकै सबैभन्दा उचाईमा साईकल यात्रा गरेर अर्को किर्तीमान कायम गर्नुभएको छ । साईकल लिएरै बिश्वकै अग्लो ठाउँमा रहेको तिलिचोताल देखि कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरी डाँडा र लमजुङको दुधपोखरी पनि साइकलमा नै पुग्नुभएको छ ।

उहाँले पछिल्लो समय एक दिनमा साईकलबाट ३ सय किलोमिटर यात्रा गरेर अर्को बिश्व किर्तिमान कायम गर्नुभएको छ । धरानबाट बाराको पथलैया सम्म एकै दिनमा ३ सय किमी यात्रा गर्नुभएको थियो । जहाँ जमिन त्यहाँ साईकल भन्ने नारा लिएर बिश्व यात्रामा निस्कनु भएका बरालले केही एक दिन भित्रै संयुक्त राज्य अमेरिकामा साईकल यात्राबाट नयाँ बिश्व रेकर्ड कायम गर्ने योजना सुनाउनुभयो ।

सहासिक पर्यटनका लागि नेपालकै पहिलो रोजाईको गन्तब्य बन्दै गएको पर्वतको कुस्मामा एक पछि अर्को सहासिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जीप लाईनमा गरेको साईकल यात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने बिश्वास लिइएको हार्नेस जीप लाईनका कार्यकारी निर्देशक सुनिल बाँनियाले बताउनुभयो ।

Leave a Reply