म्याग्दी मंगला गाउँपालिका–१,भर्जुलामा अवस्थित बालोदय आधारभूत विद्यालयलाई यशुदा रोकाले १ लाख आर्थिक सहयोग गर्नुभएको छ ।

विद्यालयको आर्थिक तथा भौतिक पूर्वाधारका लागि शेरपुञ्जा भाइ समूहको श्रीमदुभागवत् सप्ताह पूजाको अवसरमा मंगला शिक्षा क्याम्पसकी आर्थिक पूर्वाधार समितिकी संयोजक समेत रहनुभएकी रोकाले १ लाख आर्थिक सहयोग गदैं आफ्नो स्वर्गीय बुवा आमाको स्मृतीमा उक्त विद्यालयलाई वार्षिक ५० हजार दिने घोषणा समेत गर्नुभएको शिक्षक मनकुमार जुग्जालीले जानकारी दिनुभयो ।

विगतमा समेत समाजसेवी रोकाले आर्थिक तथा विभिन्न सहयोग गर्नुभएको थियो ।मंगला गापाभित्र शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्नुभएकी समाजसेवी रोकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, चन्दादाता यशुदा रोकाको प्रमुख आतिथ्यता, प्रधानाध्यापक झलकनाथ उपाध्यायको स्वागत मन्तब्य ब्यक्त र शिक्षक मनकमाुर जुग्जालीको सञ्चालनमा भएको थियो ।

उक्त कार्यक्रममा शेरपुञ्जा भाइ समूहले १०,५००।– सहयोग गर्दै शेरपुञ्जा समूहको ज्येष्ठ सदस्य क्या.जोगबहादुर शेरपुञ्जाले विद्यालयको गुणस्तर वृद्धिका लागि आफू सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक उपाध्यायले विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै शैक्षिक विकासका लागि निरन्तर साथ सहयोगको आवश्यकता रहेको बताएका छन् । कार्यक्रममा विद्यालयलाई अन्य चन्दादाताहरु सहयोग सहित १ लाख ५३ हजार ७२० सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।

Leave a Reply