---Advertisement---

फ्रान्स विश्वकपको सेमिफाइनलमा

On: December 11, 2022 10:40 AM
Follow Us:

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा  इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।कतारको अल वयात रङ्गशालामा आज राती भएको  खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो।फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ।