म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र गण्डकी प्रदेश सभा सांसद हरी भण्डारीलाई रघुगंगा गाउँपालिका–४, दग्नाममा सम्मान गरिएको छ । शनिबार नेपाली कांग्रेस वडाइकाई दग्नामको आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हरीबहादुर भण्डारीलाइ दग्नाममा मतदाता र आफन्जनतले सम्मान गर्नुभएको हो ।

मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएपछी मतदातालाई धन्यवाद र मतदातालाई भेत्न गाउँ पसेका छन् । सम्मान तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सांसद गर्वुजाले गठवन्धनलाई विश्वास गरेर भोट दिई विजयी बनाउने जिल्लाबासीहरुलाई आभार प्रकट गर्दै म्याग्दीले विकास र परिवर्तन चाहेकाले त्यसलाई पुरा गर्ने वाचा गर्नुभएको छ । ‘चुनावी अभियानका क्रममा जनतासंग गरेका बाचाहरु पुरा गर्न आफु प्रतिवद्ध भएर लाग्ने छौ’, उहाँले भन्नुभयो ।

प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य नेकपा माओवादी केन्द्रका हरी भण्डारीले मतदातालाई धन्यवाद दिदै जनताले दिएको मतको उपेक्षा नहुने गरि काम गर्ने बताउनुभयो । गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी), नेपाली काँग्रेस म्याग्दीका सचिब तथा नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ महाधिवेशन प्रतिनिधि तथा वरिष्ठ अधिबक्ता चिरञ्जीवी शर्मा, महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुणदल म्याग्दीका अध्यक्ष मुकन्द छन्त्याल, नेपाल राष्ट्रिय मगरसंघ केन्द्रिय सदस्य तथा रघुगंगा गाँउपालिका निवर्तमान उपाध्यक्ष कमला तिलिजा, नेपाली कांग्रेस रघुगंगा गाँपालिका कार्यसमितिका सभापति तथा वडा नम्बर ६का वडा अध्यक्ष मनकुमार सेरपुजाले गठबन्धनबाट विजयी भएकाहरुलाई जनता र संविधानको पक्षमा दृढताका साथ उभिनु पर्ने भन्दै बधाई तथा शुभकामना सहित सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य लगायतको विषयमा तिनै तहको सरकारसंग समन्वय गरेर समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रमा जनता मावि दग्नामका प्रधानाध्यपक गुन पुन, सिद्धभुमे आमा समुहकी अध्यक्ष रिमती तिलिजा र दग्नाम नाङ्गीदेबी आमा समुहकी उपाध्यक्ष मैना गर्बुजा पुन लगाएतले मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिँचाइको सुविधा, समयमा मलको व्यवस्था, अहिले सूचना प्रविधिको समयमा बालबालिका तथा युवालाई सहज पहुँच पुग्ने गरी रोजगारीमूलक प्राविधिक शिक्षा एवं रोजगारीको सिर्जना गर्नुपर्ने माग सहित स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह गर्नु भएको थियो ।

नेपाली कांग्रेस वडा ईकाइ सभापति कृष्ण गर्बुजको अध्यक्षता रघुगंगा गाँउलिका–४ दग्नामका वडा अध्यक्ष पविन गर्बुजाको स्वागत र नेपाली कांग्रेस रघुगंगा कार्यपालिका कार्यसमितिका सचिब मोहन तिलिजाले सञ्चालन गरेको कार्यक्रममा दग्नाम नौमति बाजा समुह, पुर्ख्यौली समुह र आमा समुहले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply