म्याग्दी जिल्लामा बसोबास गर्ने परियार समुदायको संस्था परियार सेवा समाज म्याग्दीको अध्यक्षमा प्रेम परियार चयन हुनुभएको छ ।

शुक्रबार बेनीमा सम्पन्न भएको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाबाट परियार सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । ९ सदस्यीय जिल्ला कार्य समितिको उपाध्यक्षमा राममाया परियार, सचिवमा कृष्ण बहादुर परियार, र कोषाध्यक्षमा विजय परियार चयन हुनुभएको छ ।

त्यस्तै कार्य समिति सदस्यहरुमा राजेश परियार, मन कुमारी परियार, सरिता परियार, राज परियार र नविन परियार चयन हुनुभएको अध्यक्ष परियारले जानकारी दिनुभयो । समाजको सल्लाहकारहरुमा फौदसिंह परियार र जुद्धविर परियारलाई चयन गरिएको छ ।

अध्यक्षमा निर्वाचित परियारले जिल्ला भरि रहेका परियार समुदायको हक हित र एकताका निम्ती रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

परियार जातिको परम्परागत पेशा तथा कला र सिपलाई संरक्षण गर्ने, कोष स्थापना गरि विपतमा परेकाहरुलाई सहयोग गर्ने तथा जातिय पहिचान झल्किने गरि विभिन्न गतिविधिहरु संचालन गर्ने गरि भावि योजना बनाएको अध्यक्ष परियारले बताउनुभयो ।

रघुगंगा गाउँपालिका २ निवासी परियारले बेनीको न्युरोडमा हिमचुली टेलरिङ सेन्टर संचालन गर्नुभएको छ । युवा व्यवसायी परियार दलित अभियान्ता समेत हुनुहुन्छ । दलितका थुप्रै संघ संस्थामा आवद्ध रहेर उहाँले दलित अधिकारका निम्ती काम गर्दै आउनुभएको छ ।

परियार सेवा समाजका निवर्तमान अध्यक्ष गव्वे परियारले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै परियारहरुको एकतालाई बलियो बनाउन समाजले उत्कृष्ट कार्य गर्न सकोस भन्दै शुभकामना प्रकट गर्नुभएको थियो ।

Leave a Reply