अर्जेन्टिना अर्थात म्यारोडोनाको देश । जसलाई पछिल्लो समय मेस्सीको देश पनि भनिन्छ फुटबलमा । अहिले विश्वमा नयाँ हस्तिका रुपमा मेस्सी र रोनाल्डो छन् ।

नयाँ हस्तिमध्ये रोनाल्डोको विश्वकपको यात्रा क्वाटरफाइनलबाटै बाहिरिदाँ मेस्सीको भने फाइनलको यात्रा तय भएको छ । जब जब विश्वकप आउँछ तब तब रोनाल्डो र मेस्सीकै चर्चा आउँछ । नयाँ पुस्ताले चिन्ने फुटबलका हस्ति भनेकै यी दुई हुन मुख्यतयः । कुनैबेला पेले, म्यारोडोना, डेविड वेक्ह्याम, जिदान लगायतका नाम नयाँ पुस्ताका लागि थियो रे भन्नेमा मात्रै सिमित छ ।

तर नयाँ पुस्ताले विश्वकपमा मेस्सीको यो अन्तिम खेल हेर्दैछन् । त्यो पनि फाइनल । दक्षिण अमेरिकी च्याम्पियन समेत रहेको अर्जेन्टिनाले यस अघिका विश्वकप जित्न सकेन । तर मेस्सीका लागि अन्तिम विश्वकपको रुपमा रहेको छ कतार विश्वकप २०२२ । अब विश्वकपमा मेस्सीलाई फाइनलमा मात्रै देख्न पाइनेछ । मंगलबार राति साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेसँगै मेस्सीले फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने सार्वजानिक गरेका छन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेस्सीको भनाइ छ ।

Argentina’s Lionel Messi is pictured during the Copa America football tournament quarter-final match against Venezuela at Maracana Stadium in Rio de Janeiro, Brazil, on June 28, 2019. (Photo by Pedro UGARTE / AFP)

३५ वर्षीय भेट्रान फरवार्ड मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । उक्त खेलमा मेस्सीले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेका थिए । मेस्सीले यस विश्वकपमा ५ खेलमा ५ गोल र ३ असिस्ट प्रदान गरेका छन् । उनी गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एमबाप्पेसँग संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् ।

‘म यो फाइनल खेलेर मेरो विश्वकप यात्रा समाप्त गर्न सक्षम भएकोमा गर्व गर्दछु । मैले के गरिरहेको छु भने, आइतबार मेरो खेल हुनेछ । विश्वकपमा अन्तिम खेल नै हुनेछ । म २०२६ लाई कुर्न सक्दिन । त्यसैले म आशा गर्छु कि म उत्कृष्ट तरिकाले समाप्त गर्न सक्छु ।’ मेस्सीले भने, ‘आफ्नो टोलीले ‘धेरै राम्रो खेलिरहेको छ । निक्कै राम्रो भइरहेको छ । बलियो र धेरै रमाइलो महसुस भइरहेको छ’ उनले भने । अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । २०१४ मा उपाधिनजिक पुगेपनि जर्मनीसँग अतिरिक्त समयमा १–० को नमिठो हार व्यहोरेको थियो । सन् २००६ र २०१० मा मेस्सीसहितको अर्जेन्टिना क्वाटरफाइनलमा र २०१४ मा फाइनलमा पराजित भएको थियो । मेस्सीले अर्जेन्टिनाका लागि १७० खेल खेल्दा ९५ गोल गरेका छन् ।

जारी विश्वकपको फाइनल प्रवेशका लागि लुसेल रंगशालामा भएको खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १–० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ३९ औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाएपनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो । अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।

४२ औं मिनेटमा अर्जेन्टिनाको अर्को गोलसामु लिभाकोभिच बाधक बने । मेस्सीको कर्नरमा निकोलस टाग्लीयाफिकोले पोस्टतर्फ पठाएको बललाई लिभाकोभिचले बचाए । पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता जोगाउन सफल भयो । ५८ औं मिनेटमा लिभाकोभिचले अर्जेन्टिनालाई अग्रता थप्न दिएनन् । लिओनेल मेस्सीले जुलियन अल्भारेजसँग वन टु पास खेलेपछिको प्रहारलाई क्रोएसियाका गोलरक्षकले विफल पारे । तर ६९ औं मिनेटमा अर्जेन्टिनाले ३–० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।

Leave a Reply