म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसले संस्थागत, शैक्षिक लगायत विभिन्न अनुदानका लागि विश्वविद्यालय अनुदान आयोग नेपालबाट अनुदान पाउने भएको छ ।

आर्थिक अभावको कारण शैक्षिक उन्नयन तथा अन्य नियमित कार्यहरुमा समस्या भइरहेको अवस्थामा यूजिसीसँग आगामी ५ बर्षसम्म विभिन्न कार्यक्तमहरुमा समेत सहकार्य गर्ने सम्झौता भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । ‘क्याम्पसको सर्वाङ्गीण विकासका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ,‘अब सम्झौता अनुसार कार्य गर्नेछौ’ क्याम्पस अध्यक्ष थापाले भन्नुभयो ।

क्याम्पसको शैक्षिक, भौतिक, खेलकुद, अनुसन्धानात्मक लगायतका सम्पूर्ण कार्यहरुको विकासको लागि गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्रमाणपत्र उत्कृष्ट मार्गचित्र भएको अवस्थामा यो सम्झौताले क्याम्पसको मुख्य लक्ष्य क्यूएएको अभियानमा समेत सहज हुने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । क्याम्पस सञ्चालक समिति अध्यक्ष थापा, प्रमुख खत्रीले विश्वविद्यालय अनुदान आयोग नेपालका सचिव शंकर प्रसाद भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको मंगला शिक्षा क्याम्पसले सुचना र प्राविको क्षेत्रमा अब्बल बनाउने गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडी बढाएको छ । हाल क्याम्पसमा २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply