लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित माध्यामिक स्तरीय निवन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समानपन तथा समिक्षा कार्यक्रमको अवसरमा अनलाइनमाध्यमबाट आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम न्यू वेष्ट प्वाइन्ट आवासीय माविका दिक्षित घर्ती क्षत्री, प्रकाश माविकी ग्रिष्मा जिसी र सर्वोदय माविका अंकिता शेरचनले तृतिय स्थानको पुरस्कार वितरण गरिएको थियो ।

बिहिबार सामाजिक विकास कार्यालयमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने र सहायक प्रजिअ अर्जुन शर्माले प्रथम, द्धितिय र तृतियलाई क्रमश १३ हजार, ७ हजार, ५ हजार नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । त्यस्तै म्याग्दी जिल्लामा लैङ्गिक हिंसाको स्वरुप र निवारण विषयमा आयोजित निवन्ध प्रतियोगितामा प्रकाश माविकी ग्रिष्मा जिसी प्रथम, न्यू वेष्ट प्वाइन्ट आवासीय माविका दिक्षित घर्ती क्षत्री द्धितिय, अमर मावि पाखापानीकी जया पुन र बेनी सामुदायिक माविकी आरोसा शर्माले तृतिय स्थानको सम्मान ग्रहण गर्नुभएको थियो ।

सोही अवसरमा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले अभियानको उपलब्धी सहितको समिक्षामा सहजीकरण गर्नुभएको थियो । भने सामाजिक विकास कार्यालयमा प्रमुख रमेश थापाले चौमासिक प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी अधिकृत साधनाकुमारी श्रेष्ठ, बेनी अस्पतालका चिकित्सक सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख लामिछाने र सहायक प्रजिअ शर्माले म्याग्दीमा अभियान प्रभावकारी देखिएकाले आगामी दिनमा समेत महिला र पुरुष मात्र रहेकाले कसैले पनि हिंसा गर्न नहुने अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।

 

Leave a Reply