---Advertisement---

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुव जिसी

On: December 16, 2022 11:43 AM
Follow Us:

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुव जिसी निर्वाचित हुनुभएको छ । विहिबार सम्पन्न १६ औँ वार्षिक साधारणसभा तथा ७ औँ जिल्ला अधिवेशनबाट जिसीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पदम विश्वकर्मा, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा विजुन केसी, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सहसचिवमा सुनिल बानियाँ र सहकोषाध्यक्षमा नारायण पौडेल निर्वाचित हुनुभएको छ ।

 

त्यस्तै सदस्यहरुमा बल बहादुर परियार, ( संगठन विभाग प्रमुख ), शंकर पौडेल, जिवन कार्की (प्रवक्ता), रामकुमारी पुन, विजय परियार, राजकुमार परियार र तोप बहादुर कार्की चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्य समितिहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज, निर्वाचन मण्डल संयोजक जीवन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

सपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष जिसीले प्रतिष्ठान म्याग्दीलाई जिल्लाका सवै कलाकारहरुको साझा घरको रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको छ । मंगला गाउँपालिका २ स्थायी घर भई हाल बेनी निवासी जिसी लोकप्रीय लोक तथा दोहोरी गायक हुनुहुन्छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रुमख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले म्याग्दी जिल्ला लोक संगीतको उर्वरभूमि भएको बताउनुभयो ।

जिल्लाको कला र संस्कृतिलाई उजागर गर्नका लागि जिल्लाका अग्रज तथा नवोदित कलाकारहरुको समेत भूमिका महत्वपूर्ण भएको भन्दै अध्यक्ष कटुवालले प्रतिष्ठानले कलाकारलाई व्यवसायीक बनाउन सहयोग पु¥याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष कटुवालले आगामी पौष २८ देखि सुरु हुने सातौँ म्याग्दी महोत्वसमा प्रतिष्ठान संग सहकार्य गरि जिल्लाका सवै कलाकारहरुलाई समेट्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिव जीवन दाहालले प्रतिष्ठानको स्थापनाकाल देखि हाल सम्मको बस्तुस्थितिको बारेमा प्रकाश पार्नुभएको थियो । हाल प्रतिष्ठानमा देशभरबाट ३७ हजारको हाराहारीमा साधारण सदस्य रहेको, २५० जना अजिवन सदस्य तथा २१ जना मानार्थ सदस्य रहेको उहाँले बताउनुभयो ।

प्रतिष्ठानको काठमाडौँमा आफ्नै भवन रहेको, ३ करोड पुजीको लोक संगीत सहकारी संचालन गरेको र १ करोड १० लाखको कलाकार कल्याणकारी कोष समेत संचालन गरेको अवगत गराउनुभएको थियो । यी सवे उपलब्धीमा जिल्ला शाखाहरुको पनि अहम भूमिका तथा योगदान रहेको उहाँले बताउनुभयो ।

साथै केन्द्रिय सचिव दाहालले म्याग्दी जिल्लाले धन कुमारी थापा, खड्ग गर्वुजा, कृष्ण परियार जस्ता लोक संगीतका हस्तीहरु जन्माएको भन्दै यहाँका नयाँ प्रतिभाहरुको उजागर गर्ने खालमा कार्यक्रमहरु संचालन गर्न प्रतिष्ठानलाई आव्हान गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य तारानाथ आचार्य, कुमार पुन, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, प्रतिष्ठानका संस्थापक केन्द्रिय सदस्य तथा म्याग्दी समितिका सल्लाहकार धनकुमारी थापा, प्रतिष्ठान गण्डकी प्रदेशका सल्लाहकार तथा नेपाल पत्रकार म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, प्रतिष्ठान गण्डकीका द्वितिय उपाध्यक्ष आरसी पौडेल, संगठन विभाग सदस्य अमित विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्की, प्रतिष्ठान बाग्लुङकी अध्यक्ष सरस्वति खड्का परियार, पर्वतकी अध्यक्ष पूजा कार्की पौडेल, म्याग्दीका निवर्तमान अध्यक्ष कृष्ण जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रतिष्ठानका सचिव पदम विश्वकर्माले प्रगति र कोषाध्यक्ष देवि जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष धु्रव जिसीको स्वागत र सचिव विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । प्रतिष्ठानले रु १ लाख ५० हजारको कलाकार कल्याणकारी कोष समेत स्थापना गरेको छ । कार्यक्रममा ३ बर्षको कार्यकाल सफल बनाउनुभएको भन्दै अध्यक्ष घिमिरेलाई नव निर्वाचित कार्यसमितिले सम्मान समेत गरेको थियो ।