---Advertisement---

बुधबारदेखि प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता

On: December 19, 2022 1:34 PM
Follow Us:

गण्डकी प्रदेश भलिबल संघको आयोजनामा प्रथम गण्डकीस्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ।

नेपाल भलिबल संघ स्वीकृति तथा गण्डकी प्रदेश खेलकुद परिषदको समन्वयमा आयोजना हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशका ११वटै जिल्लाको सहभागिता रहने गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापामगरले जानकारी दिए। कास्की, तनहुँ, स्याङजा,बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर, मनाङ र मुस्ताङ जिल्लाको सहभागिता रहने छ।

पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धा बेष्ट अफ फाईभमा खेलाईने छ। प्रतियोगिताका संयोजक एवं उपाध्यक्ष रमेश रानाका अनुसार प्रतियोगिता लिगमा खेलाईने छ। प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उपविजेताले नगद १ लाख रुपैयाँ पाउँदा तेस्रो र चौथो(सान्त्वना) हुने टोलीले पनि ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

सर्वोत्कृष्ठ खेलाडीले २० हजार रुपैयाँर राशीको पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाईकर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। विभिन्न जिल्लाले प्रतियोगिताको लागि टिम छनोट गरिसकेको छ। नागरिक