प्रथम गण्डकी प्रदेश पुरुष भलिबल खेलका लागि म्याग्दीका खेलाडी छनौट गरिएको छ । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा आगामी पौस ६ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुजन चोखालको कप्तानीमा १२ सदस्यीय टोलीको घोषणा गरिएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

‘खेल अभ्यास भइरहेको छ,यसपटक हामीले उपाधीका लागि सक्ने प्रयास गर्नेछौ’ अध्यक्ष बानियाँले भने । उनका अनुसार जिल्लास्तरमा छनौट गरिएका खेलाडीमा रामकृष्ण खत्री, मदन चोखाल, सुनिल सुन्दास, असोक खत्री, मनिष गौचन,जंगबहादुर विक, विशाल भण्डारी, सचिन परियार, रविन दर्जी, शिव श्रेष्ठ र सुरेश परियार रहेका छन् ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक खड्क केसी, सहायक असोक शाही र टिम ब्यवस्थापक मनोज खड्का रहेको भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले जानकारी दिए । म्याग्दीमा भलिबल संघ सक्रिय हुन थालेपछि ग्रामिण क्षेत्रमा प्रशिक्षणले समेत प्राथमिकता पाएको छ ।

Leave a Reply