अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरि १ र २ जलविद्युत आयोजनालाई २२० केभि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने नेपाल सरकारले निर्णय गरेको छ । १३ अर्ब लागत अनुमान गरिएका दुवै आयोजनालाई दानामा रहेको सवस्टेशनसम्म प्रशारण लाइन निर्माणमा बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गदैं निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताएका थिए ।

दुबै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन्। नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने प्रक्रियामा सरकारले सहज बनाइदिएको आयोजना पक्षको भनाई छ । छोटेपा–दोबिल्ना हुँदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ।

Leave a Reply