म्याग्दी मिडिया सोसाईटीको छैटौं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ गाउँमा रहेको पर्यटकीय नारच्याङ झरनाको आँगनमा एक समारोहबीच साधारणसभा गरिएको हो ।

साधारणसभामा संस्थाका सचिव दलप्रसाद विश्वकर्मा (अमित)ले प्रस्तुत गरेको प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । यसका साथै साधारणसभाको अवसरमा म्याग्दी मिडिया सोसाइटीद्वारा सातबुँदे नारच्याङ घोषणापत्र जारी गरिएको छ । पत्रकार, पत्रकारिता र सञ्चारमाध्यम तथा समसामयिक विषयलाई समेटेर सातबुँदे घोषणापत्र जारी गरिएको म्याग्दी मिडियो सोसाइटीले जनाएको छ ।

सोही अवसरमा म्याग्दी मिडिया सोसाइटीले स्थापना गरेको ‘मिडिया सोसाईटी अवार्ड–२०७९’ बाट संस्थाको कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशील पत्रकार सन्तोष गौतम सम्मानित भएका छन् । उनलाई पत्रकारिताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै दोसल्ला ओढाईृ सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो । पत्रकार गौतमलाई कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतले सम्मान गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष पुनले विकास, सुशासन र पर्यटन प्रवद्र्धनमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताए । उनले जिल्लाको समग्र विकासमा पत्रकारहरुले आफ्नो कलमको माध्यमबाट पु¥याएको योगदानको प्रशंसासहित पत्रकारहरुसंग सहकार्य गर्न पालिकाको तर्फबाट आफू तत्पर रहेको पनि बताउँदै म्याग्दी मिडिया सोसाईटीले गाउँपालिकाको पर्यटकीयस्थल नारच्याङ झरनामा कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गरेका थिए । सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले पालिकाहरुले स्थानीय सञ्चारमाध्यमलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले लोककल्याकारी विज्ञापन समान रुपमा वितरणको अवधारणा ल्याउन आवश्यक रहेकोमा जोड दिए ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले सत्य र तथ्यमा आधारित पत्रकारिताले जिल्लाको विकास तथा पत्रकारहरुको विश्वनीयतामा समेत वृद्धि हुने बताए । म्याग्दी मिडिया सोसाईटीका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले जिल्लाका श्रमजीवि पत्रकारहरु आबद्ध संस्थाले स्थानीय सरकार तथा अन्य संघसंस्था एवं कार्यालयहरुसँग समन्वय गरेर गरेका कार्यहरु उपलब्धिमूलक बन्दै गएको बताए । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको पर्यटकीय आकर्षण बोकेको नारच्याङ झरनाको थप प्रचारप्रसारमा सहयोग पु¥याउने तथा एक दिन नारच्याङ गाउँमा सामूहिक रिपोर्टिङ गर्नेलगायत उद्देश्यसहित छैटौं साधारणसभा नारच्याङ गाउँमा आयोजना गरिएको सोसाईटीका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

साधारणसभामा पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामी, सदस्य श्याम पूर्जा, अन्नपूर्ण युवा क्लबका अध्यक्ष टकबहादुर पुन, प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, प्रेस युनियनका जिल्ला उपाध्यक्ष धनिलाल गर्बुजालगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply