हिन्दूहरूले भगवान् रामको जन्मस्थान मानिने अयोध्याको राम मन्दिरका लागि कालिगण्डकी नदीमा विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला खोज्न टोली आइपुगेको छ।

भारतको उत्तर प्रदेश राज्यमा रहेको मन्दिरको विबाद समाधानका लागि कालिगण्डकीको शिला लैजान गरिएको प्रस्तावलाई नेपाल सरकारको मन्त्रिपरिषदको बैंठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत दिएको थियो ।

विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला गण्डकी प्रदेशको अनुरोधमा बेनी नगरपालिकाले जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउने छ भने त्यहाँबाट प्रक्रिया पुरा गरी अयोध्यामा लैजाने बताइएको छ ।

मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रमा प्रसस्तै पाइने शालिग्राम पाइने विश्वकै एउटा मात्र कालीगण्डकी नदीमा सरकारी निकायका प्रतिनिधि सहितको खोजी र उत्खनन्का लागि खटिएका छन् । मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि गलेश्वर आसपासका क्षेत्रबाट उत्खनन् गरिने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए ।

‘अयोध्यामा पुग्ने शिलाले बेनी नगरकै प्रचार–प्रसार हुन्छ,‘प्रदेश सरकारको अनुरोधमा खोजीमा सघाएका छौ‘ मेयर केसीले भने ।उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतीका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाई छ ।

बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट लैजाने बताइएको छ । तीनदशक अगाडीसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुको भनाई छ ।शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन् तिब्र छ ।

 

Leave a Reply